दफा ११
म्याद तारेख थाम्ने व्यवस्था
विशेष अदालतमा परेको मुद्दामा र सो अदालतको फैसला उपर परेको पुनरावेदनमा म्याद तारेख थाम्न काबु बाहिरको परिस्थिति परेको कारण र आधार खुलाई निवेदन परेमा सो ब्यहोरा मनासिब ठहरिएमा एकपटक बढीमा पन्ध्र दिनसम्मको म्याद तारेख थाम्न सकिनेछ ।